गृहपृष्ठ Featured लडकलाडनविरुद्ध भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप

लडकलाडनविरुद्ध भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप

प्रकाशित मिति:

कोरोना भाइरस नियन्त्रणका लागि नेदरल्याण्ड्समा लागू गरिएको लकडाउनका विरुद्ध सर्वसाधारण सडकमा उत्रिएका छन् । उनीहरुले सरकारले लागू गरेको लकडाउनविरुद्ध सडकमा प्रर्दशन गर्दै आएका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको छ। हेगमा भएको प्रर्दशनमा प्रर्दशनकारीले प्रहरीमाथि आगो फालेका थिए। उनीहरुले साइकल समेत जलाइदिएको अलजजीरामा खबर छ ।

प्रर्दशन हिसात्मक हुँदै गएपछि प्रहरीले गोली समेत चलाएको थियो । अस्ट्रिया, क्रोएशिया इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

विश्व स्वास्थ्य संगठनले युरोपमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै चेतावनी दिइरहेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठनले खोप र मास्कालाई अनिवार्य गर्नुपर्ने भन्दै आएको छ ।

सम्बन्धित् समाचार