गृहपृष्ठ Featured फिलिपिन्समा आगलागी हुँदा ८ जनाको मृत्यु

फिलिपिन्समा आगलागी हुँदा ८ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौ : फिलिपिन्सको एक बस्तीमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । राजधानी मनिला नजिक रहेको क्युजोन क्षेत्रस्थित विश्वविद्यालय परिसरमा रहेको बस्तीमा आगलागी हुँदा ६ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको हो ।

आगलागीका कारण सो बस्ती पूर्ण रुपमा ध्वस्त भएको छ । आगलागीमा परी केही घाइते भएका छन ।

बिहानको समयमा आगलागी हुँदा अधिकांश मानिस मस्त निद्रामा रहेकाले क्षति बढी भएको फिलिपिन्सका सञ्चार माध्यमले जनाएको छ । आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकले २ घण्टा समय लागेको थियो ।

साथै घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित् समाचार