गृहपृष्ठ खबर के सन्तानलाई स्तनपान गराउनाले मेरो सौन्दर्यता बिग्रिन्छ?

के सन्तानलाई स्तनपान गराउनाले मेरो सौन्दर्यता बिग्रिन्छ?

प्रकाशित मिति:

१९ बर्षिय बिनिता बि.क.ले कक्षा १० पढ्ने क्रममा सन्तोष संग प्रेम बिबहा गरेकी थिइन,बिबहा को पहिलो बर्षमै उनि गर्भवति भएकि छिन। उनका श्रीमान रोजगरीको सिलसिलामा भारत गएका छन।स्वास्थ्य सेवाको पहुच बाट टाढा भएपनि उनि समाजिक संजालमा भने निकै सकृय छिन।टिकटकमा भेटिटको एक भिडियोलाई आधार मानेर उनले अफ्नो सन्तानलाइ स्तनपान नगराउने बिचार गरेकी छिन।

भिडियोमा भनिएको छ, स्तनपान गराउनाले आमाको सौन्दर्यता बिग्रिन्छ,बच्चालाई स्तनपान गराउदा मरो फिगर बिग्रीन्छ।

बिनिता जस्ता कयन गर्भवति महिलाको निर्णयले आज पनि हरेक ५ मध्य ३ शिशुले जन्मीएको पहिलो घण्डामा आमाको दुध खान पाइरहेका छैनन।

आमा र सन्तानको समवन्ध सबैभन्दा निश्चल र पवित्र पहिलो पाहिला स्तनपान हो। स्तनपान गराउनाले आमाको शरिरमा अक्सिटोसिन नामक लव हर्मोन उत्पादन हुन्छ जस्ले आमा र सन्तान बिचको प्रेमलाइ अझ् प्रघाण बनाउन सहयोग गर्छ।आमाको पहेलो विगौति दुध शिशुको लागी पहिलो खोप हो,यसले बच्चालाइ रोग संग लड्ने शक्ति प्रदान गर्छ रबच्चालइ हुन सक्ने अल्पकालिन तथा दिर्धकालिक रोग बाट बचाउछ।

 

स्तनपान गर्न नपाएका सिशु पछि गएर झग्डालु हुने, अरुसंग घुलमिल हुन  नसक्ने र अपराधिक कार्यमा लाग्ने सम्भावना बढि हुने अध्यनले देखाएको छ।

स्तनपानबच्चालाइ मात्र नभइ आमालइ पनि स्वास्थ्यको दृष्टिकोणले धेरै फाइदाजनक छ।स्तनपान गाराउनाले आमालाइ हुन सक्ने स्तन क्यान्सर, पाठेघरको क्यान्सर, प्रशुति पश्चात हुने डिप्रेशन हुनबाट बचाउनुका साथै यसले आमालाइ उच्च रक्तचाप हुनबाट पनि बचाउछ।

 

स्तनपान गराउनाले पाठेघर पलिलेको अवस्तामा फर्कन मद्धत गर्छ र यसले परिवार नियोजनको रुपमा पनि काम गर्छ।हाम्रोसमाजमा बच्चालाइ स्तन पान नगराइ बोतलको दुध खुवाउने चलन व्याप्त देख्न पाइन्छ्।

 

महिला गर्भवति अवस्थामा रहदा तौल घटबढ तथा हर्मोनको लेभल तलमाथि जानुले स्तनको आकार घटबढ हुने गर्छ जसले गर्दा स्तन झुल्के जस्तो देखिनु सामान्रय हो। स्तनको यस्तो आकार हुनुमा स्तनपान मात्र कारक हैन रयो हाम्रो वंशाणुगत अवस्थाले पनि निर्धारण गर्छ।

 

महिलाको सुन्दारताउस्को शारिरिक बनावट र आकारमा मापन गरिनु कुनै नौलो कुरा हैन।बच्चा जन्माउनु र स्तनपान गराउनुले आमाको सौन्दर्यता बिग्रने मित्थ्या भन्दै गर्दा सृष्टिका सबैभन्दा सुन्दर प्रणी आमा हुन भन्ने बिर्सनु हुदैन।

 

लेखक ः बिष्णु आर्चाय

 

सम्बन्धित् समाचार