गृहपृष्ठ Featured निर्वाचन आचारसंहिता : सामाजिक सञ्जाल प्रयोग गर्दा यी कुरामा ध्यान दिनोस् !

निर्वाचन आचारसंहिता : सामाजिक सञ्जाल प्रयोग गर्दा यी कुरामा ध्यान दिनोस् !

प्रकाशित मिति:

काठमाडौं ।

आसन्न निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भइसकेको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागु गरिएको हो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता यही असोज १२ गतेदेखि लागु भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नहुँदासम्म लागु हुने आयोगले जनाएको छ ।

यो अवधिमा के गर्न हुने र के गर्न नहुने उल्लेख गर्दै आयोगले ६० बुँदे निर्देशन समेत दिइसकेको छ । निर्देशनमा दल तथा उमेदवारहरूले गर्न हुने र नहुने कार्य उल्लेख छ ।

यस्तै, सामाजिक सञ्जालको प्रयोग गर्दा पनि विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा–
१. सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने,
२. कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी/गराई सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने,
३. कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने,
४. निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने ।

kdfmkmg1664791864.jpg

सम्बन्धित् समाचार