चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी-२० सम्मेलनका लागि इन्डोनेसियाको बाली आइपुगेका दुई राष्ट्र प्रमुखबीच भेटवार्ता भएको हो।
भेटवार्तामा सीले बाइडेनसँग दुई देशबीच असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएको एजेन्सीहरूले उल्लेख गरेका छन्।
राष्ट्रपति सीले अहिलेको युगमा अभूतपूर्व ढंगले ठूला परिवर्तनहरू भइरहेको बताउँदै मानवहरूले अभूतपूर्व चुनौतीको सामना गरिरहेको बताए। उनले त्यसलाई सही ढंगले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको बताए।
जी-२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न उनीहरुको मात्रै होइन, सबै देशको दिमागमा रहेको बताए।








