वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिकाका युवा व्यवसायी फर्शुराम पन्तको मृत्यु भएको छ । उनको हृदयाघातका कारण आईतबार मृत्यु भएको हो । कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्वकार्यसमिति सदस्य समेत रहेका उनले बाणगंगा- १ बैरियामा किराना पसल संचालन गर्दै आएका थिए । पन्तको ५२ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका एक श्रीमति, एक छोरा र एक छोरी छन् । उनको दाहसंस्कारको काम आजै गरिने बताईएको छ ।
यता कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरले पन्तको निधनप्रति दुःख व्यक्त गरेका छन् । एक जगरुक युवा व्यवसायी गुनाउनु यस क्षेत्रको लागी दुखद कुरा भएको उनले बताए ।








