वैखरी अनलाइन, बाणगंगा
पछिल्लो ५ बर्ष यता कपिलवस्तुको बाणगंगाका बिद्यालयको नतिजामा निकै सुधार हुन थालेपछि बाणगंगा शैक्षिक हवका रुपमा रुपान्त्रण भएको छ । बिहिबार प्रकाशन भएको एसईईको नतिजामा पनि कपिलवस्तुको बाणगंगा लुम्बिनि प्रदेशकै अब्बल शैक्षिक हवका रुपमा देखिएको हो ।
बिशेष गरेर उच्च शिक्षाका लागी कपिलवस्तुबाट रुपन्देही पढ्न जाने बिद्यार्थीको लर्को लागी रहेका बेला यो नतिजाले भने सबैलाई अन्योलमा पारेको छ । अहिलेको एसईई नतिजामा रुपन्देहीका एकहात बिद्यालय बाहेक कसैले राम्रो नतिजा निकाल्न सक्दा कपिलवस्तुको बाणगंगाका दुई बिद्यालयले उत्कृष्ट नतिजा ल्याउदै जिल्लाकै गरिमा उच्च राख्न सफल भएका छन ।
पछिल्लो समय बाणगंगा नगरपालिकाले नगर भित्रका बिद्यालयका हरेक गतिविधिमा चासो दिने, सहभागी हुने त्यस्तै सामुदायिक बिद्यालयले अग्रेजी माध्ययमबाट अध्ययन अध्यापन गर्न थालेकाले , अभिभावकले समेत बिद्यालयको पठनपाठन बारे प्रत्यक्ष चासो दिने गरेकाले बिद्यालयको पठनपाठनमा सुधार देखिएको हो ।
बाणगंगामा २ मा रहेको जनता मावि र ४ मा रहेको होराइजन अंग्रेजी आवासीय माध्यमिक सिद्धिपुर उत्कृष्ट नतिजा ल्याउदै जिल्लाकै गरिमा उच्च राख्न सफल भएका हुन । यसरी यो उत्कृष्ट नतिजा आएको भने पहिलो पटक होइन । पछिल्ला केही बर्ष यता बाणगंगाका बिद्यालयमा देखिएको शैक्षिक गुणस्तरीयताले राम्रो नतिजा दिन थालेका छन ।
कक्षा ११ र १२ अध्ययनका लागी बाणगंगाबाट करिव २ सय बिद्यार्थी रुपन्देही जाने गरेका छन । बुटवलमा नाम कमाएका ती बिद्यालयले जेहेन्दार बिद्यार्थीलाई राम्रो छुट दिएर आफनो बिद्यालयमा पढाउने गरेका छन । त्यसी ठुलो मात्रामा रुपन्देही पढन जान गरेको भएतापनि २ प्रतिशत बिद्यार्थी मात्र सफल हुने गरेको पाइएको छ ।
यसै सन्र्दभमा बाणगंगाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसिले बिहिबार सामाजिक सञ्जालमा बाणगंगा बिद्यालयले राम्रो नतिजा दिन थालेकोमा खुशी ब्यक्त गरेका छन ।
यसैबिच कपिलवस्तु जिल्लाको बाणगंगामा रहेको होराइजन अंग्रेजी आवासीय माध्यमिक सिद्धिपुर फेरी नेपाल प्रथम भएको छ । बिद्यालयका बिद्यार्थी सक्षम सुवेदीले बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा ४ जिपिए ल्याएका हुन । होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी सुवेदीले ग्रेड प्वाइन्टमा ४ जिपिए ल्याउन सफल भएका हुन ।
सुवेदी कपिलवस्तु जिल्लामा ४ जिपिए ल्याउन एक मात्र बिद्यार्थी हुन भने उनी नेपाल प्रथम भएको बिद्यालयले जनाएको छ ।
विद्यालयका प्राचार्य बासुदेव घिमिरेले कपिलवस्तु जिल्लामा ४ जिपिए विद्यालयले दोस्रो पटक ल्याएको बताउँदै आफ्नो विद्यालय यो पटक पनि नेपाल प्रथम भएको बताए ।
उतो बाणगंगा नगरपालिका २ पिपरामा रहेको जनता माध्यमिक बिद्यालय लुम्बिनि प्रदेशमै अब्बल बिद्यालयका रुपमा सावित भएको छ । बिद्यालयले हरेक बिद्यार्थीलाई सक्षम बनाउनँ सके मात्र समग्र बिद्यालयको गुणस्तरीयता बढने भन्दै अहिले बिद्यालयले सबै बिद्यार्थीलाई केन्द्रित गरी कक्षा सञ्चालन गरेपछि जनता मावि लुम्बिनि प्रदेशकै अब्बल शैक्षिक हवका रुपमा स्थापित भएको हो ।
जनता माध्यमिक विद्यालय पिपराले एस.ई.ई. नतिजा २०७९ मा पनि सर्वोत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयले दाबी गरेको छ ।
लुम्बिनी प्रदेशमा उत्कृष्ट छवि बनाएको जनताले ७० जना विद्यार्थीहरुलाई ए प्लस ग्रेडमा उत्तीर्ण गराउन सफल भएको विद्यालय प्रधानाध्यापक रमेश पन्थीले वैखरी अनलाइनलाई बताए । यती ठुलो संख्यामा बिद्यार्थीलाई ए प्लसमा पास गराउने जनता मावि प्रदेशकै पहिलो भएको दावि बिद्यालयले गरेको छ ।
जसमा ६ जना विद्यार्थीले ३.९ जि.पि.ए प्राप्त गरेको प्रधानाध्यापक रमेश पन्थीले बताए । विद्यालयका ९७ जनाले ए ग्रेड र अन्य सबै विद्यार्थीहरुले उत्कृष्ट ग्रेडमा उत्तीर्ण हुन सफल पन्थीले बताए ।
तीन वर्षे प्राविधिक शिक्षा र कपिलवस्तुमा पहिलो विज्ञान विषयका कक्षा संचालन गरेको विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिएको अंग्रेजी माध्यमका कोर्डिनेटर उज्ज्वल अधिकारीले बताए । अधिकारीले प्ले ग्रुपदेखि डिप्लोमा तहसम्म अध्यापन हुने विद्यालय कपिलवस्तुका लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि उत्कृष्ट शैक्षिक गन्तव्य भएको दाबी गरे ।