वैखरी अनलाइन, तौलीहवा ।
प्राचिन नगरीलाई स्वच्छ हराभार र सुन्दरीकरण गर्न कपिलवस्तुको हुलाकी राजमार्ग अन्र्तगत तौलिहवाको जमुहार टोल देखि छोटकी तौलिहवासम्म रहेको मेडियनमा बृक्षारोपण गरिने भएको छ ।
जमुहार देखि छोटकी तौलिहवा सम्म रहेको २७ सय मिटर क्षेत्रमा एक हजार बिरुवा रोप्ने तयारी गरिएको मेयर सुदीप पौडेलले बताए ।
कपिलवस्तु नगरपालिको अगुवाईमा बैक लगातयका संघ संस्थाहरुको सहभागीतामा बेगम बेलिया जातको बिरुवा रोप्ने तयारी गरिएको हो ।
प्रमुख प्रशासकीय अधिृकत गणेश प्रसाद अर्यालले बृक्षारोपणकालागि झन्डै ८२ लाखको लागत अनुमान तयार गरेको बताए । जसमध्ये नगरपालिकाले यही आर्थिक बर्ष बृक्षारोपणकालागि ५० लाख बजेट बिनियोजन गरेको बताए ।
बर्षायाम भित्रै आफुहरुले यो कार्य संपन्न गर्ने योजनामा रहेको बताए । बेगम बेलिया २ महिना मै फुल्ने र सुन्दर देखिने तथा गाईबस्तुहरुले समते नखाने भएकाले उपयुक्त रहेको ईन्जीनीयर राजेश कुमार सैनीले बताए । २७ सय मिटर क्षेत्र मध्ये दुई दुई मिटर लम्बाईमा खाल्टो खन्ने काम समेत भई सकेको छ । बेगम बेलिया प्रति बिरुवा साढे ३ सय, प्रति बिरुवाको मल ५० रुपैया र बाकी जालि र रेलिङकालागि खर्च गर्ने योजना छ ।