गृहपृष्ठ खबर कपिलवस्तुका ७ पालिकामा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ पालिकामा आज सार्वजनिक विदा

प्रकाशित मिति:

कपिलवस्तु ।
कपिलवस्तुका ७ पालिकाले नाग पञ्चमीको दिन अर्थात आज सोमबार सार्वजनिक विदा दिएका छन् ।

जिल्लाको बाणगंगा, कपिलवस्तु, शिवराज र महाराजगंज नगरपालिका र मायादेवी, शुद्धोधन र यशोधरा गाँउपालिकाले विदा दिएका हुन् । पालिकाहरुले सुचना जारी गरि आज विदा हुने जानकारी दिएका हुन् ।

विदाका दिन अति आवश्यक सेवा बाहेक पालिका मतहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सबै बन्द रहने पालिकाले जनाएका छन् । बुद्धभूमि र कृष्णनगर नगरपालिका तथा विजयनगर गाउँपालिकाले बिदा दिएका छैनन ।

 

सम्बन्धित् समाचार