गृहपृष्ठ खबर बाणगंगाको कार्यपालिका बैठक सम्पन्न, घुम्ती शिविरदेखि बार्षिक समिक्षा गर्ने निर्णय

बाणगंगाको कार्यपालिका बैठक सम्पन्न, घुम्ती शिविरदेखि बार्षिक समिक्षा गर्ने निर्णय

प्रकाशित मिति:

वैखरी अनलाइन, जितपुर ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा बसेको कार्यपालिका बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ ।

कार्यपालिका बैठकले यहीँ असार २२ गते ११ बजे बाणगंगा नगरपालिका वडा नम्बर ५ रहेको महेन्द्र माध्यमिक विद्यालय कोपवामा एकिकृत घुम्ती शिवीर सम्पन्न गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

सो दिन नगरको पशु, कृषी, स्वास्थ्य तथा शिक्षा शाखा लगायतका शाखाबाट प्रवाह हुने सेवा सुविधा उप्लब्ध गराइने निर्णय भएको पौडेलले बताए ।

 

त्यस्तै कार्यपालिका बैठकले असार २६ गते ११ बजे यस आर्थिक बर्षको अन्तीम सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । यस्तै असार ३० गते ११ बजे नै चालु आर्थिक बर्षको तेस्रो बार्षिक चौमासिक बैठक नगरपालिकाको सभाहलमा गर्ने निर्णय भएको प्रवतmा पौडेलले जानकारी दिए ।

 

बैठकमा नगर प्रमुख चक्र अर्याल, उप प्रमुख रिता कुमारी चौधरी तथा प्रमुश प्रशासकीय अधिकृत भक्तिाराम मरासिनि लगायतले आआफनो धारणा राखेका थिए । बैठकमा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार