काठमाण्डाै ।
महिला एशिया कप टी–२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा पाकिस्तानले यूएईलाई १० विकेटले हरायो ।
यूएईले दिएको १ सय ४ रनको लक्ष्य पाकिस्तानले ३५ बल बाँकी छँदै १ विकेट पनि नगुमाई भेटायो । पाकिस्तानकी गुल फेरोजाले ६२ र मुबीना अलीले ३७ रन बनाइन् ।
यसअघि दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । यूएईकी थीर्था सतिशले सबैभन्दा धेरै ४० रन बनाइन् । पाकिस्तानकी सादिया इकबाल, नश्रा सन्धु र तुबा हसनले समान २ विकेट लिइन् ।
यो जीतसँगै पाकिस्तान ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । यूएई ३ वटै खेल हारेर तालिकाको पुछारमा छ ।
प्रतियोगितामा आजै राति यही समूहका नेपाल र भारत खेल्दैछन् । यो खेल राति सवा ७ बजेदेखि दम्बुलामा शुरु हुनेछ । नेपाल तालिकाको तेस्रो र भारत शीर्ष स्थानमा छ ।