गृहपृष्ठ Featured पाकिस्तानमाथि बंगलादेशको पहिलो जित

पाकिस्तानमाथि बंगलादेशको पहिलो जित

पाकिस्तानलाई बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा उसको घरेलु मैदानमै पराजित गरेको छ । टेस्ट क्रिकेटमा बंगलादेशले पाकिस्तानमाथि पहिलोपटक जित हात पारेको हो । रावलपिन्डीमा आइतबार खेलको पाँचौँ दिन नतिजा आएको हो ।

बंगलादेशले जितका लागि ३० रनको लक्ष्य पाएको थियो । जुन उसले विना क्षति सफलतापूर्वक पछ्यायो । पाकिस्तानमाथि १० विकेटको जित हात पार्ने क्रममा बंगलादेशका बलरले दोस्रो इनिंगमा र ब्याटरले पहिलो इनिंगमा उत्कृष्ट प्रदर्शन गरे । त्यसमाथि पाकिस्तानका कप्तान सान मसुदको आत्मविश्वासी एक गम्भीर गल्तिको कारण बंगलादेशले यो टेस्ट जितेको हो ।

पाकिस्तानले पहिलो इनिंगमा ६ विकेटमा ४४८ रन बनाएर डिक्ल्यिर गरेको थियो । जवाफमा बंगलादेशले पहिलो इनिंगमा ५६५ रन बनायो । बंगलादेशका लागि मुस्फिकुर रहमानले १९१ रन बनाएका थिए ।

दोस्रो इनिंगमा पाकिस्तान मात्र १४६ रनमा अलआउट भयो । पाकिस्तानलाई अलआउट गर्ने क्रममा बंगलादेशका मेहन्दी हसन मिराजले ४ र शाकिब अल हसनले ३ विकेट लिएका थिए ।

पाकिस्तानले पहिलो इनिंगमा पूरा नखेल्नुको नतिजा उसले हार व्यहोरेको हो । पाकिस्तानका लागि पहिलो इनिंगमा साउद सकिलले १४१ रन बनाएका थिए भने मोहम्मद रिजवान १७१ रनमा नटआउट रहे । यस्तै शाहिन शाह अफ्रिदी २९ रनमा नटआउट थिए । यस्तो अवस्थामा पाकिस्तानले थप रन बनाउन सक्थ्यो । तर, कप्तान सान मसुदले पारी घोषित गरे ।

जबकी रिजवान दोहोरो शतकको नजिक पुगेका थिए । रिजवानलाई दोहोरो शकत बनाउन नदिन उनले पारी घोषित गरेको भन्दै आलोचना भइरहेका बेला हारपछि त उनमाथि चौतर्फी आक्रमण हुने निश्चित बनेको छ ।

सम्बन्धित् समाचार