गृहपृष्ठ Featured बायर्नको पोस्टमा बार्सिलोनाको चार गोल

बायर्नको पोस्टमा बार्सिलोनाको चार गोल

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले बायर्न म्युनिखविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ ।

बार्सिलोनाले बायर्नलाई ४-१ ले पराजित गर्दा बार्सिलोनाका राफिनाले ह्याट्रिक पूरा गरे । उनले खेलको पहिलो मिनेटमै गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै ४५औँ र ५६औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । उता रोबर्ट लेवान्डोस्कीले ३६औँ मिनेट गोल गरे ।

बायर्नका लागि ह्यारी केनले १८औँ मिनेटमा गोल गरे पनि हार टार्न सकेनन् । यससँगै बार्सिलोना बायर्नविरुद्ध ४-१ ले विजयी भयो ।

त्यस्तै अर्को खेलमा लिलले एट्लेटिको मड्रिडलाई ३-१ ले स्तब्ध पार्यो भने स्पार्टाविरुद्ध म्यानचेस्टर सिटीले ५-० को जित निकाल्यो ।

सम्बन्धित् समाचार