गृहपृष्ठ Featured आचार्य व्याक्तिगत स्वार्थमा मात्र लिप्त भएपछि संघबाट निष्कासन : कपिलवस्तु जिल्ला फुटवल संघ

आचार्य व्याक्तिगत स्वार्थमा मात्र लिप्त भएपछि संघबाट निष्कासन : कपिलवस्तु जिल्ला फुटवल संघ

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु जिल्ला फुटवल संघले संघका सचिव गोविन्द प्रसाद आचार्यलाई गत असोज ११ गते नै निष्कासन गरेको स्पष्ट पारेको छ । कपिलवस्तु जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापाले एक विज्ञप्ति जारी गर्दै आचार्यलाई आजीवन कपिलवस्तु जिल्ला फुटवल संघमा साधरण सदस्य समेत नरहने गरि निस्कास गरेको जानकारी गराएका हुन् ।

आचार्य संस्थाको कामको जिम्मेवारिबाट जहिले पनि पछाडि हटने, आफ्नो काम र कर्तव्यबाट निर्वाह नगर्ने, व्याक्तिगत स्वार्थमा मात्र लिप्त रहने, संस्थाको नियमिति बैठकहरुमा उपस्थित नहुने, पटक पटक आग्रह गर्दा पनि आलटाल गर्ने र संस्थाको हित विपरित कार्य गर्दै आएकोले निष्कासन गरेको जनाईएको छ ।

‘मिति २०८१/०७/१० विभिन्न समाचार माध्यबाट भ्रम फैलाउने कपोकलपित र झुठा र तथ्यहिन समाचार प्रसारण गरि संस्थाको गरिमालाई आच आउने गरि अर्नगल प्रचारबाजी गरेको प्रति गम्भीर ध्यानकार्षण र खेद प्रटक गर्दछौं । निज गोविन्द प्रसाद आचार्य संस्थाको कामको जिम्मेवारिबाट जहिले पनि पछाडि हटने आफ्नो काम र कर्तव्य निर्वाह  नगर्ने, व्याक्तिगत स्वार्थमा मात्र लिप्त रहने, संस्थाको नियमिति बैठकहरुमा उपस्थित नहुने, पटक पटक आग्रह गर्दा पनि आलटाल गर्ने र संस्थाको हित विपरित कार्य गर्दै आएकोले निजलाई २०८१/०६/११ गते नै सम्पुर्ण जिम्मेवारी खोसी आजीवन कपिलवस्तु जिल्ला फुटवल संघमा साधरण सदस्य समेत नरहने गरि निस्कास गरेको जानकारी गराउदछौं,’ उक्त विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित् समाचार