गृहपृष्ठ Featured स्पेनका रोड्रिलाई बालोन डी’ओरको उपाधि

स्पेनका रोड्रिलाई बालोन डी’ओरको उपाधि

स्पेनका राष्ट्रिय फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रिले पेरिसमा आयोजित एक भव्य समारोहमा रियल म्याड्रिडका भिनिसियस जुनियरलाई पछि पार्दै बालोन डी’ओरको उपाधि जितेका छन् ।

स्पेनिस मिडफिल्डरले गत सिजन प्रिमियर लिग, यूईएफए सुपर कप र सिटीसँग फिफा क्लब वर्ल्ड कप, साथै युरो २०२४ को उपाधि जितेका थिए।

भिनिसियस जुनियरलाई रोड्रिको मुख्य प्रतिस्पर्धाको रूपमा लिइएको थियो, तर रियल म्याड्रिड स्टारले पुरस्कार जित्न नसक्ने थाहा पाएपछि समारोहमा उपस्थित भएनन्।

सम्बन्धित् समाचार