गृहपृष्ठ Featured एनपीएल : लुम्बिनीबाट खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द

एनपीएल : लुम्बिनीबाट खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द

प्रकाशित मिति:

काठमाडौं ।

पूर्वभारतीय यू–१९ कप्तान उन्मुक्त चन्द नेपाल आइपुगेका छन् । चन्द लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका हुन् । चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास क्लबले लिएको छ ।

उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा सन् २०१२ मा यु –१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए ।

उनले दिल्ली डेयरडेभिल्स र मुम्बई  इन्डियन्सजस्ता ठूला फ्रेन्चाइजहरूका लागि आईपीएलमा प्रतिस्पर्धा गरिसकेका छन् । हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उन्मुक्त चन्दले ६७ फर्स्ट क्लास खेलहरूमा तीन हजार ३७९ रन बनाएका छन् । जसमा उनको ८ शतक पनि समावेश रहेका छन् । साथै लिस्ट एक्रिकेटमा उनले चार हजार ५०५ रन बनाएका छन् । यसमा ७ शतक समेत समावेश छन् । टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ, जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् ।

सम्बन्धित् समाचार