नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा विराटनगर किङ्समाथि विशाल जित हात पारेको सुदूरपश्चिमले बिहीबार काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो ।
यो काठमाडौंको दोस्रो हार हो भने सुदूरपश्चिमको दोस्रो जित हो । टस हारेको सुदूरपश्चिमले पहिला बयाटिङ गर्दै ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमलाई ७३ रनको विशाल जित दिलाउने क्रममा नरेन साउदले पाँच विकेट लिए । ब्रान्डन क्याक्मुलेन, सैफ जैयब, स्कट कुग्गेलेजिन र अभिनाष बोहोराले एक/एक विकेट लिए ।
यसअघि सुदूरपश्चिमका लागि ब्रान्डन म्याक्मुलेनले सर्वाधिक ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाएका थिए ।