केलियन एम्बाप्पेले पेनाल्टी मिस गर्दा स्पेनिस ला लिगामा रियाल मड्रिड एथ्लेटिको क्लबसँग २–१ ले पराजित भएको छ । एथलेटिक मड्रिडको घरेलु मैदानमा भएको खेलमा रियल २–१ ले पराजित भएको हो ।
घरेलु टोली एथ्लेटिकोको जितमा एलेक्स बेरेन्गुए र गोर्का गुरुजेताले गोल गरेका हुन् । रियालको लागि जुड वेलिंघमले एक गोल फर्काए ।
खेलको ६८औँ एम्बाप्पेको पेनाल्टी एथ्लेटिकाको गोलकिपर जुलेनले रोकेका थिए ।
हारपछि रियालले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर चुकायो । रियालको १५ खेलबाट ३३ अंक छ । बार्सिलोना ३७ अंकसहित शीर्ष स्थानमा यथावत् छ । एथ्लेटिको २९ अंकसहित चौथो स्थानमा उक्लियो।