काठमाडौं ।
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो।
यससँगै जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो। चितवन राइनोजलाई २१ रनले एलिमिनेटरमा पराजित गर्दै कर्णाली दोस्रो क्वालिफार्यस प्रवेश गरेको थियो।
जनकपुर भने पहिलो क्वालिफार्यसमा सुदूरपश्चिमसँग ८ विकेटले हार बेहोरेको थियो। जनकपुरले फाइनल पुग्न यो दोस्रो मौका पाएको थियो। टियु क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।








