टोटनह्याम हट्स्पर्सले काराबाओ (इएफएल) कपको सेमिफाइनलअन्तर्गत लिभरपुलविरुद्धको पहिलो लेगमा १-० को अग्रता लिएको छ।
बुधबार राति भएको खेल अन्तिम समय विवादास्पद बने पनि लिभरपुलविरुद्ध टोटेनह्यामले घरेलु मैदानमा जित निकाल्न सफल भयो।
१८ वर्षीय युवा स्टार लुकास बर्गभालले खेलको अन्तिम चार मिनेटमा निर्णायक गोल गर्दै टोटेनह्यामलाई एनफिल्डमा भिड्नु अघि साँघुरो अग्रता दिलाए।
तर लिभरपुल भने यो गोलप्रति आक्रोशित भयो। रेफ्रिले बर्गभालको गल्तीलाई नदेखेको भन्दै विरोध जनाएको थियो।
पहेँलो कार्ड पाएका अवस्थामा लिभरपुलका डिफेन्डर कोस्टास सिमिकासलाई मैदानमा उपचार भइरहेको अवस्थामानै बर्गभालले गोल गरे।
यस घटनाले लिभरपुलका मुख्य प्रशिक्षक अर्ने स्लोटलाई आक्रोसित बनाएको थियो। यद्यपि स्पर्सले यो खेल जित्नका लागि निकै उत्कृष्ट प्रदर्शन गरेको थियो।
खेलका दौरान पेड्रो पोरोले सुनौलो मौका गुमाए र डोमिनिक सोलान्केको गोल अफसाइड भएको भन्दै रद्द गरियो। तर टोटनह्याम अन्तिम समयमा जित हासिल गर्यो।
प्रशिक्षक स्लोटका लागि यो लिभरपुलका लागि केवल दोस्रो हार हो। लिभरपुलका लागि सब्स्टिच्युट ट्रेन्ट अलेक्ज्यान्डर-अर्नोल्डले प्रहार गरेको बल राडु ड्रागुसिनले लाइनबाट क्लियर गर्दा संभावित गोलबाट लिभरपुल चुक्यो।
यद्यपि प्रिमियर लिगका शीर्ष स्थानमा रहेका टोलीले अपेक्षित रुपमा उल्लेख्य प्रदर्शन गर्न भने सकेन्। टोटेनह्याम अधिकांस खेलाडी टोली चोटका कारण संकटमा रहेको थियो।