गृहपृष्ठ खबर तिलौराकोट गोल्डकप : संकटाविरुद्ध रोमाञ्चक जित निकाल्दै थ्रीस्टार फाईनलमा

तिलौराकोट गोल्डकप : संकटाविरुद्ध रोमाञ्चक जित निकाल्दै थ्रीस्टार फाईनलमा

सागर वि.क., कपिलवस्तु ।

थ्रीस्टार एफसी ललितपुर दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आईतबार भएको पहिलो सेमिफाईनल खेलमा संकटा एफसीविरुद्ध १−० गोलको रोमाञ्चक जित निकाल्दै थ्रीस्टार फाईनलमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा थ्रीस्टारका मुकुन्द कुमार निउरीले ७७औं मिनेटमा गोल गर्न सफल भए । मुकुन्दको एक गोलपछि पनि संकटाले गोलका लागि पर्याप्त अवसर पाएपनि उक्त अवसर गोलमा परिणत गर्न सकेन् ।

मुकुन्दको एक गोलले नै थ्रीस्टारले फाईनल यात्रा तय गर्न सफल भयो । थ्रीस्टारका कप्तान सुवित कार्की ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

सोमबार दिउँसो ३ बजे दोस्रो सेमिफाईनल खेल मछिन्द्र एफसी र जोङ्ग्री एफसी सिक्किमबीच हुने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको यस गोल्डकपको फाईनल फागुन २१ गते हुने छ ।

सम्बन्धित् समाचार