स्पेनिस लिग ला लिगाअन्तर्गत गए राति भएको खेलमा लेगान्सलाई १-० ले पराजित गरेसँगै बार्सिलोनाले अंकतालिकामा दोस्रो स्थानको रियल मड्रिडसँग ७ अंकको अग्रता कायम गरेको छ ।
गए राति भएको खेलमा लेगान्सका जोर्जे साइन्जले ४८औँ मिनेटमा गरेको गोल निर्णायक बन्दा बार्सिलोना विजयी भएको हो । यससँगै बार्सिलोनाले ३१ खेलबाट ७० अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको रियल मड्रिडले ३० खेलबाट ६३ अंक बनाएको छ ।
अंकतालिकाको तेस्रो स्थानमा एट्लेटिको मड्रिड छ भने चौथो स्थानमा एथ्लेटिक क्लब र पाँचौँ स्थानमा भिल्लारियल छन् ।








