गृहपृष्ठ Featured कोपा डेल रेको उपाधि बार्सिलोनालाई

कोपा डेल रेको उपाधि बार्सिलोनालाई

बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ । गए राति भएको खेलमा चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनाले रियल मड्रिडलाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल अतिरिक्त समयमा पुगेकोमा बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनाले रियलवौध २८, ८४ र ११६ मिनेटमा गोल गरेको थियो । रियलले भने ७० र ७७औँ मिनेटमा गोल गर्‍यो ।

अतिरिक्त समयको अन्त्यतिर खेलमा विवाद भएको थियो । जसका कारण रियल मड्रिडका एन्टोनियो रुडिगेर र लुकास भाजक्वेजलाई रातो कार्ड दिइएको थियो ।

सम्बन्धित् समाचार