यूईएफए युरोपा लिगमा टोटनहाम र म्यानचेस्टर युनाइटेडले जित हात पारेका छन् ।
गए राति भएको खेलमा टोटनहामले बोडो ग्लिम्टलाई ३-१ ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडले एथ्लेटिक बिलबाओलाई ३-० ले स्तब्ध पार्यो ।
गए राति भएको खेलमा महत्त्वपूर्ण जित निकालेका टोटनहाम र म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलको दौडमा आफूलाई उभ्याएका छन् ।
सेमिफाइनलको पहिलो लेगमा यी दुई इङ्लिस क्लबले महत्त्वपूर्ण जित निकालेका छन् । दोस्रो लिग पछि पनि समग्रमा जित निकाल्न सफल भए यी दुई इङ्लिस टोलीले लिगको फाइनल खेल्नेछन् ।








