गृहपृष्ठ Featured रोनाल्डोलाई नखेलाइएको खेलमा अल नासरले गर्‍यो गोलको वर्षा

रोनाल्डोलाई नखेलाइएको खेलमा अल नासरले गर्‍यो गोलको वर्षा

प्रकाशित मिति:

टिमका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई नखेलाइएको खेलमा अल नासरले साउदी प्रो लिगमा फराकिलो जित निकालेको छ ।

गए राति भएको खेलमा अल नासरले अल अखडोउडविरुद्ध ९-० को फराकिलो जित निकालेको हो । यो नासरले लिगमा निकालेको हालसम्मकै फरकाकिलो जित हो ।

खेलमा अल नासरले साडियो मानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए भने ५९औँ, ६४औँ र ७४औँ मिनेटमा चार गोल गरे । त्यस्तै जोन डुरानले २ गोल गरे भने आयमान याहा, मार्सेलो ब्रोजोभिक र मोहमद मरानले एक एक गोल गरेका थिए ।

यो जितसँगै अल नासर अंकतालिकाको तेस्रो स्थानका पुगेको छ । पहिलो स्थानमा अल इत्तिहाद छ भने दोस्रो स्थानमा अल हिलाल रहेको छ ।

सम्बन्धित् समाचार