गृहपृष्ठ Featured रोनाल्डोलाई नखेलाइएको खेलमा अल नासरले गर्‍यो गोलको वर्षा

रोनाल्डोलाई नखेलाइएको खेलमा अल नासरले गर्‍यो गोलको वर्षा

टिमका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई नखेलाइएको खेलमा अल नासरले साउदी प्रो लिगमा फराकिलो जित निकालेको छ ।

गए राति भएको खेलमा अल नासरले अल अखडोउडविरुद्ध ९-० को फराकिलो जित निकालेको हो । यो नासरले लिगमा निकालेको हालसम्मकै फरकाकिलो जित हो ।

खेलमा अल नासरले साडियो मानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए भने ५९औँ, ६४औँ र ७४औँ मिनेटमा चार गोल गरे । त्यस्तै जोन डुरानले २ गोल गरे भने आयमान याहा, मार्सेलो ब्रोजोभिक र मोहमद मरानले एक एक गोल गरेका थिए ।

यो जितसँगै अल नासर अंकतालिकाको तेस्रो स्थानका पुगेको छ । पहिलो स्थानमा अल इत्तिहाद छ भने दोस्रो स्थानमा अल हिलाल रहेको छ ।

सम्बन्धित् समाचार