गृहपृष्ठ Featured २२ घण्टामै विष्णु माझीको ‘म त नराउरी’ लाई १२ लाख भ्युज

२२ घण्टामै विष्णु माझीको ‘म त नराउरी’ लाई १२ लाख भ्युज

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ले २२ घण्टामा १२ लाख भ्युज पाएको छ ।

‘पुतलीको भट्टी’ भाग– २१ को रुपमा सार्वजनिक भएको उक्त गीतलाई युट्युमा १२ लाखपटक हेरिएको छ । गीतले युट्युबमा मात्रै नभएर टिकटक, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा पनि चर्चा बटुलेको छ ।

विष्णु माझीको स्वरमा रहेको गीत उनका श्रीमान्‌समेत रहेका सुन्दरमणि अधिकारीले रचना गरेका हुन् ।

गीतले युट्युबमा प्रतिक्रिया राम्रो पाएको छ । युट्युबमा दर्शकले गीतको चर्चा मात्रै रहेका छैनन्, विष्णु माझीको व्यक्तिगत जीवनबारे चासो राखेका छन् । ‘स्वर’कै कारणमा सधैं चर्चामा रहने विष्णु माझी ‘गुमनाम जीवन’ बाँचिरहेकी छिन् ।

सम्बन्धित् समाचार