गृहपृष्ठ खबर हङकङमाथि बंगलादेशको सजिलो जित

हङकङमाथि बंगलादेशको सजिलो जित

काठमाडौं — बंगलादेशले ट्वान्टी ट्वान्टी एसियाकप २०२५ को बिहीबार भएको खेलमा हङकङलाई सजिलै सात विकेटले पराजित गरेको छ । दुबईमा भएको समूह ‘बी’ डे नाइट खेलमा बंगलादेश १४ बलको खेल बाँकी छँदै जितसम्म पुगेको थियो ।

हङकङले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ४३ रनको सम्मानजनक स्कोर खडा गरेको थियो । त्यसमा निजाकत खानले ४० बलमा सर्वाधिक ४२ बल बनाए ।

जवाफमा कप्तान लिटन दासको ५९ रनको मदतले बंगलादेशले तीन विकेट गुमाएर १७.४ ओभरमा १ सय ४४ रन बनायो । दास ‘प्लेयर अफ द म्याच’ पनि रहे । उनले ३९ बलको मात्र सामना गरेर छ चौका र एक छक्का प्रहार गरे ।

सम्बन्धित् समाचार