गृहपृष्ठ Featured दसैँअघि त्रिवि रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्यमा धक्का !

दसैँअघि त्रिवि रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्यमा धक्का !

काठमाडौं ।

मुलुकभर ‘जेनजी’को आन्दोलनका कारण अघिल्लो साता नेपाली अर्थतन्त्र, निर्माण क्षेत्र अस्तव्यस्त बन्यो । प्रदर्शनका क्रममा संसद् भवन, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, सर्वाेच्च अदालतलगायत सरकारी तथा निजी सम्पत्ति खरानी भए । कर्पाेरेट हाउसहरू जले ।

निमार्णाधीन योजनाको कार्य रोकियो । आन्दोलनको प्रभावले परियोजना सञ्चालन हुन नसक्ने अवस्थामा पुगे । कीर्तिपुरमा निर्माणाधीन त्रिवि क्रिकेट मैदान पनि जेनजी प्रदर्शनले प्रभावित योजनामध्येको एक हो । आन्दोलनका कारण मैदानको निर्माण कार्य ठप्पजस्तै भयो ।

निर्माण कम्पनीले आन्दोलनका मैदानमा प्रभावकारी रूपमा कार्य हुन नसकेको जनाएको छ । दुईचार दिन त निर्माण कार्यमा ढिलाई भयो नै । आइतबारदेखि निर्माण कार्य प्रभावकारी रूपमा सुचारु गरेका छौँ । आन्तरिक रूपमा हुनुपर्ने कार्यहरू सबै भइरहेकै थियो,” प्रोजेक्ट म्यानेजर चक्रवर्ती कण्ठले भने, “बाहिरबाट ल्याउने र आउनुपर्ने सामानहरू रोकियो । साइटमै आइसकेका सामानहरू निर्माण कार्यमा प्रयोग भइरहेका छन् । तर, प्रभावकारी रूपमा काम हुन सकिरहेको छैन ।”

नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मंसिरमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग सुरु गर्ने घोषणा गरेको छ । यसैकारण मंसिरअघि फ्लडलाइटसहित मैदानको पहिलो चरण पूरा गर्नुपर्ने दबाब निर्माण कम्पनीमाथि छ ।

तर, आन्दोलनबाट देशभरिको यातायात तथा सरकारी सेवामा समस्या उत्पन्न भएपछि यति बेला रंगशालाको पूर्णता अन्योलमा परेको छ । मैदानलाई आवश्यक पर्ने सामग्री समेत समयमै आइपुग्ने/नपुग्ने अनिश्चित छ ।

सम्बन्धित् समाचार