गृहपृष्ठ Featured कपिलवस्तु- : युवा नेता आशिष शमाले पाए जिप चुनाव चिह्न

कपिलवस्तु- : युवा नेता आशिष शमाले पाए जिप चुनाव चिह्न

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता आशिष शर्माले जिप चुनाव चिह्न प्राप्त गरेका छन् । उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जिप चुनाव चिह्न पाएका हुन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नं। १ मा १५ जना स्वतन्त्रसहित कुल ३४ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चुनाव चिह्न प्राप्त गरेपछि प्रतिक्रिया दिँदै उम्मेदवार शर्माले आफू जनताको मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले भने,
“यो चुनाव चिह्न केवल मेरो मात्र होइन, कपिलवस्तु–१ का हरेक युवाको आशा र परिवर्तनको प्रतीक हो । पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्ने मेरो संकल्प अझ बलियो भएको छ ।”

उनले शिक्षा, रोजगारी, सुशासन र स्थानीय विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको उल्लेख गर्दै जनताको विश्वास र समर्थनले आफूलाई जिताउने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ भने स्वतन्त्र उम्मेदवारप्रति युवाहरूको आकर्षण बढ्दै गएको देखिन्छ ।

सम्बन्धित् समाचार