गृहपृष्ठ खबर रुपन्देहीमा बाबुको हत्या अभियोगमा छोरा पक्राउ

रुपन्देहीमा बाबुको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल — आफ्नै बाबुको हत्या अभियोगमा रूपन्देही प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

कञ्चन गाउँपालिका–४ बेलडाँडाका ५८ वर्षीय जंगबहादुर थारुको हत्या अभियोगमा उनका छोरा २४ वर्षीय सुनिल थारुलाई प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादमा शुक्रबार छोराले बाबुको घाँटी बटारेर हत्या गरेको प्रहारीले जानकारी दिएको छ । घाँटी बटारिएपछि बेहोस भएका बाबुलाई छिमेकीले तत्काल कपिलवस्तुस्थित पिपरा अस्पताल पुर्‍याएका थिए । तर, त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो ।

कुटपिटको घटना स्थानीयले प्रहरीलाई जानकारी दिएपछि रुद्रपुर प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार