रुसले युक्रेनको राजधानी किभमा लगातार चौथो दिन आइतबार ड्रोन प्रहार गरेको छ। हमला हरका प्रमुख पुलहरूलाई निसाना बनाएर गरिएको हो।
आइतबार बिहान, पिभ्निच्नी (उत्तरी) पुलमा लगातार दोस्रो दिन आक्रमण गरिएको हो, जसमा दुई जना घाइते भएका छन्।
गत हप्ता, पिभ्डेनी (दक्षिणी) पुलमा पनि धेरै पटक आक्रमण गरिएको थियो।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई समर्थन व्यक्त गर्न किभको अप्रत्याशित भ्रमण गरेपछि पछिल्लो आक्रमण भएको हो।
रुसी सेनाले किभ र युक्रेनका अन्य क्षेत्रमा हमलालाई तीव्र पार्ने बताएको छ।
रुसले युक्रेनी सेनाको आवागमनका लागि प्रयोग हुने दुई पुललाई निसाना बनाइएको दाबी गरेको छ।

यी दुई पुलबाट दैनिक लगभग ५ लाख सवारीसाधन आवतजावत गर्थे।







