काठमाडौं ।
फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार इंगल्याण्डले डेनमार्कलाई पराजित गरेको छ। एलिनाज स्टेडियम सिड्नीमा भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा इंगल्याण्ड १–० गोलले विजयी भएको हो।
इंगल्याण्डको जितमा खेलको छैटौं मिनेटमै लाउरेन जेम्सले गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै इंगल्याण्ड ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। ३ अंकसहित डेनमार्क तालिकाको दोस्रो स्थानमा छ।
अब इंगल्याण्डले समूह चरणको अन्तिम खेलमा चीनसँग प्रतिस्पर्धा गर्नेछ भने डेनमार्कले हाइटीसँग खेल्नेछ। समूह चरणको पहिलो खेल हारेका चीन र हाइटी क्रमश: तेस्रो र चौथाे स्थानमा रहेका छन्।








