पुष ३, कपिलवस्तु ।
तराइका जिल्लामा एक्कासी बढेको जाडोले जनजिवन प्रभाबित भएको छ । तराइमा अत्याधिक जाडो बढे पछि गरिब तथा निमुखा जनतालाई निकै कस्ट परेको छ ।

तराइमा बढेको जाडोलाई मध्यनजर गर्दै कपिलबस्तु साझेदारी बन ब्यबस्थापन समितिले सितलहरबाट बंचाउनका लागि कपिलबस्तु साझेदारी बन क्षेत्र भित्र पर्ने सवै वडा कार्यालय,चोक,चौराहा तथा निमुखा तथा सिमान्तकृत समुदायको बस्ती भएको ठाउंमा समेत निशुल्क दाउरा बितरण गरेको छ ।
बन व्स्थापन समितिको निर्णयले ४ चट्टा दाउरा बितरण गर्ने निर्णय अनुसार ठाउं ठाउंमा बितरण गरेको कपिलबस्तु साझेदारी बन ब्यबस्थापन समितिका अध्यक्ष गंगेश तिवारीले बताउनु भयो । दाउरा बितरण गरेपछि चोक चोकमा आगो ताप्नेको संख्या बढेको छ । पुर्ब पश्चिम यात्रा गर्नेले समेत आगो ताप्दै यात्रा गर्दा सहज भएको बताएकाल छन ।








