गृहपृष्ठ खबर महिला बेचबिखन तथा हिंसा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

महिला बेचबिखन तथा हिंसा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

उमेश बि.क / नवलपरासी , ३ पुस /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मा अवस्थित बुद्धज्याेति प्रा.बि हात्तिवनमा २ दिने महिला बेचबिखन तथा हिंसा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सरावल गाउँपालिका स्तरीय अन्तर पार्टि महिला सन्जालकाे अायाेजनामा तथा सरावल गाउँपालिकाकाे सहयाेगमा सन्जाली अध्यक्ष मिना चौधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका कार्यपालिका सदस्य चन्दा चाैधरीकाे प्रमुख प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यपालिका सदस्य चन्दा चाैधरीले हिंसा रहित सभ्य समाज निमार्णको लागि सबैले हातेमालो गरेर बढ्नु पर्ने बताउनु भयो ।परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । त्यसै भएर आज भोलि घरेलु हिंसाका कारणहोस् वा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ ।आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिकलगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित छन् । महिलाको मानव अधिकारको उल्लङ्घनको प्रमुख विषय महिला माथिको हिंसा पनि हो । हाल महिलाहरूले आफूमाथि हुने हिंसालाई बाहिर ल्याउन थालेको अवस्था छ । महिला विरुद्ध हुने यस्ता घटनाहरूको रोकथामको लागि गाउँपालिकाबाट पहल गर्ने बताउदै महिलामाथि हुने सवै हिंसा न्युनिकरणमा आफु लागि पर्ने बताउनु भयो ।

कार्यक्रममा वडा नं.४ का वडा सदस्य जन्तरी सहानि ,नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पुरुषाेत्तम सुवेदी,बुद्धज्याेति प्रा.बि हात्तिवनका प्र.अ बिनाेद पाण्डेय,पत्रकार उमेश बि.क ,वडा नं. ४ स्तरीय महिला सन्जाल अध्यक्ष पदमा पाण्डेय,नन कुमारी चाैधरी लगाएतले बाेल्नुभएकाे थियाे।

कार्यक्रममा सरावल गाउँपालिका वडा नं. ३ र ४ का ४५ जना महिलाहरूकाे सहभागीता रहेको थियाे।

महिला बेचबिखन तथा हिंसा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम अधिबक्ता अमर बहादुर शाह, तिलकर स्वास्थ्यचाैकि ईन्चार्ज खेम नरायण खनालले सहजिकरण गर्नुभएको थियाे।

सम्बन्धित् समाचार