दाङ । पुस, २१ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको आयोजनामा सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले अबधारणा पत्र पेस गर्नु भएको थियोे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापा केन्द्रिय सदस्य कमला जि सि ,
नेपाली काङ्ग्रेस जिल्ला उप सभापति कमान सिंह भारती, ने क पा का विवेक श्रेष्ठ ,ने क पा क्रान्तिकारी माओवादीका समीर के सि, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नागरिक समाजका जिल्ला अध्यक्ष चन्द्रराज पन्त ,समुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी ,दाङ जिल्ला उधोग बाणिज्य संघ का अध्यक्ष नारायण भुसाल ,अखिल नेपाल कानुन ब्यबसायी संघ का केन्द्रिय उपाध्यक्ष नुमानन्द आचार्य लगायतले मन्तव्य राख्नु भएको थियोे ।
जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियोे ।








