गृहपृष्ठ खबर कपिलवस्तुकाे महाराजगंजमा २ सय बेडको आइसोलेशन सेन्टर निर्माण

कपिलवस्तुकाे महाराजगंजमा २ सय बेडको आइसोलेशन सेन्टर निर्माण

कपिलवस्तुको महाराजगंज नगरपालिकाले जिल्लाकै सबै भन्दा बढी २ सय बेडको आईसोलेन सेन्टर निर्माण गरेको छ । जिल्ला र पालिकामा कोरोना संक्रमितको संख्या निरन्तर बढे पछि पालिकाले जानकी उमाबिमा २ सय बेडको सेन्टर निर्माण गरेको हो ।

मंगलवार साझ सम्म १ सय ७० बेड निर्माण गरी सकेको र बाकी ३० बेड एक दुई दिन मै निर्मााण् हुने मेयर अब्दुल कलाम खाले बताए । आईसोलेशन सेन्टर अभावले एक साता अघि पालिामा भेटिएको ८ जा संक्रमितलाई लबनी लगिएको थियो । त्यस मध्ये ४ जनालाई फर्ता ल्याएर सेन्टरमा राखिएको कलामले बताए ।

मेयर कलामले आफनाृे पालिामा जिल्लाको सबै भन्दा बढी क्वारन्टीनमा मान्छे रहेको र कोरोना संक्रमित समेत बढी फेला पर्न सक्ने भन्दै सेनटर निर्माण गरिएको बताए । सेनटरमा बस्ने सक्रमितलाई रामो उपचार र ब्यस्थित बसाईकलागि उचित प्रबन्ध गरिएको उनले बताए । महराजगंग पथमिक उपचार सेवा केन्द्रसंग समन्वय समेत गरिएको उनले बताए ।

महराजगंजमा ९ जनाअ संक्रमति भेटिएका छन । जिल्लामा अब आइसोलेशन सेनटरको अब कमी नहुने प्रजिअ र्दीनारयाण् पौडेलले बताए । जिल्लको मायादेबी, सुद्धोदन, बिजयनगर गाउपालिका आइृसोलने सेन्टर संचालनमा आईसकेको र अन्य पालिकाले समेत एक दुई दिन भित्रै निर्माण गर्ने उनले बताए । जिल्लामा १ सय ९ संक्रमित भेटिएका छन । त्यस मध्ये ११ जनान निको भई घर फकैका छन ।

सम्बन्धित् समाचार