गृहपृष्ठ Featured कपिलवस्तुका बाणगंगा र बुद्धभूमिबाहेक सबै पालिका कोरोना मुक्त , १३ संक्रमित मात्रै निको हुन बाँकी

कपिलवस्तुका बाणगंगा र बुद्धभूमिबाहेक सबै पालिका कोरोना मुक्त , १३ संक्रमित मात्रै निको हुन बाँकी

कपिलवस्तु । कपिलवस्तुमा बाणगंगा र बुद्धभूमिबाहेक सबै पालिका कोरोना मुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकअनुसार ८ पालिका कोरोनामुक्त भएका छन् ।

कपिलवस्तु जिल्ला प्रदेश पाँचकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला हो । संक्रमित संख्या ७४७ भए पनि ७३४ जना निको भएर घर फर्किसकेका छन् । यो तथ्यांकअनुसार ९८प्रतिशत संक्रमित निको भएका छन् भने २ प्रतिशत मात्रै उपचाररत छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकअनुसार १३ जना संक्रमित मात्रै उपचाररत रहेका छन् । कपिलवस्तुमा संक्रमित संख्या धेरै देखिए पनि निको हुनेको संख्या पनि सन्तोषजनक रहेको छ ।

कुन पालिकामा कति संक्रमित ? कति निको ? कति उपचाररत ? पूरा विवरण

स्रोत : जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु

सम्बन्धित् समाचार