गृहपृष्ठ खबर बुटवलमा एकैदिन थपिए ३२ कोरोना संक्रमित, संक्रमितको संख्या ५०० नाघ्यो

बुटवलमा एकैदिन थपिए ३२ कोरोना संक्रमित, संक्रमितको संख्या ५०० नाघ्यो

बुटवल : बुटवलमा पछिल्लो २४ घन्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७ जना महिला छन् भने १५ जना पुरुष रहेका छन् । यो संगै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घन्टामा ११ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्यले दिएको जानकारी अनुसार शनिबार साझ ४ बजे सम्मको तथ्यांकअनुसार वडा न १ मा ६ जना, वडा न ३ मा २ जना, वडा न ४ मा १ जना, वडा न ६ मा १ जना, वडा न ८ मा १ जना, वडा न १० मा १ जना, वडा न ११ मा ९ जना, वडा न १२ मा ३ जना, वडा न १३ मा २ जना, वडा न १७ मा १ जना र वडा नखुलेका ५ जना गरि ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यो संगै बुटवल उपमहानगरपालिकामा हालसम्म ५१२ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै कोरोना निको हुनेको कुल संख्या २४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २६८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

 

सम्बन्धित् समाचार