वैखरी अनलाइन
अखिल नेपाल फुटवल सघंले प्रदेश नः ५ को दाङमा आयोजना गरेको एन्फा रेफ्री कोर्समा कपिलवस्तु
जिल्लाको तर्फबाट पहिलो पटक सहभागि ३ जना रेफ्रीमा छनोट भएका छन । जसमा कपिलवस्तु बाणगंगा १ बैरीयाका भानिश्वर रेग्मी( गोपाल ) पहिलो ब्याज प्राप्त गर्न सफल भएका छन । साथै बाणगंगा १ कै सुरज पोखरेल र वडा न ः २ का सुमित कार्की एक हप्ते प्रशिक्षण कक्षा लिएर उर्तिण भएर आएका छन ।

कपिलवस्तुबाट पहिलो पटक जिल्ला फुटवल सघं कपिलवस्तुको पहलमा ति तिन युवाहरुलाई एन्फाबाट आधिकारिक रेफ्री बनाउनका लागी अध्यक्ष तिलक थापाले दाङ पठाएका थिए । जिल्लामा रेफ्री नहुदा समय समयमा समस्या आउने गरेको बताउदै फुटवलको सबै क्षेत्रलाई बलियो बनाउन आवश्यक रहेकाले दाङ पठाएको अध्यक्ष थापाले वैखरी अनलाइनलाई बताए ।

जिल्लामा २ दशकबाट फुटवल खेल्दै आएको र आधिकारिक रेफ्री पाउदा निकै खुशी लाखेको जिल्ला अध्यक्ष थापाको भनाई छ । जिल्लामा आधिकारिक रेफ्री पाउदा अहिले खेलाडीहरु निकै खुशी समेत भएका छन ।
साथै छनोट भएका रेफ्रीको थप क्षमता बृद्धिका लागी निरन्तर लाग्ने जिल्ला फुटवल सघं कपिलवस्तुका अध्यक्ष थापाले बताए ।









