गृहपृष्ठ खबर कपिलवस्तुमा १८ बर्षीय अबिवाहित युवतीले बच्चा जन्माएर आफै मारिन

कपिलवस्तुमा १८ बर्षीय अबिवाहित युवतीले बच्चा जन्माएर आफै मारिन

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका बर्मेलीमा १८ बर्षीय अबिवाहित युवतीले बच्चा जन्माएर आफै मारेकी छन । बर्मेली बस्ने बर्ष १८ की रमिला केवट (नाम परिर्वतन) ले सग्रहवाघाट नजिक नदी किनारमा बच्चा जन्माएर मारेकी हुन ।
सग्रहवाघाट नजिक नदी किनारमा शालनाल सहितको नवजात शिशु बालक मृत अवस्थामा फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।

खेतमा काम गरी रहेकी उनलाई ब्यथा लोपछि सन्चो भएन भन्दै घर जान्छु भन्दै खेतबाट हिडेकी उनी नदि किनारमा पुगेर बच्चा जन्माएको प्रहरीले बताएको छ । अहिले उनलाई प्रहरी नियन्त्रणमा उपचारका लागी जिल्ला अस्पताल तौलीहवामा राखीएको छ । बच्चाको आमा अविवाहित ति युवतिले एक सारीले बच्चालाई मारेपछि छोपेर नदी किनारमा छोडेकी थिइन । युवतिलाई कर्तब्य ज्यान मुद्धा शिर्षकमा मुद्धा चलाइने प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए । बच्चाको बाबु को हो भन्ने बिषयमा अनुसन्धान भई रहेको भण्डारीले बताए ।

सम्बन्धित् समाचार