गृहपृष्ठ Featured कपिलवस्तुमको बाणगंगा सबैभन्दा बढि पिसिआर जाचँ गर्ने नगर, हाल १७७ जना सक्रिय संक्रमित

कपिलवस्तुमको बाणगंगा सबैभन्दा बढि पिसिआर जाचँ गर्ने नगर, हाल १७७ जना सक्रिय संक्रमित

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १७७ जना सक्रिय संक्रमित रहेका छन । नगरपालिका भित्रका ११ वटा वडामा गरि १७७ जना सक्रिय संक्रमित रहेका हुन । बाणगंगा नगरपालिका जिल्लामै सबैभन्दा बढि पिसिआर जाचँ गर्ने नगरपालिकाका रुपमा रहेको पाइएको छ ।
बाणगंगा नगरपालिकामा सक्रिय संक्रमितको सख्या समेत घटदैँ गएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइन जानकारी दिए ।

नगरपालिकाले हाल हप्ताको २ दिन इच्छुक नगरबासीलाई निशुल्क पिसिआर गर्ने ब्यवस्था समेत मिलाएको उनले जानकारी दिए । नगरपालिकाले राखेको आइसोलेसनमा हालसम्म ४३ जना संक्रमित रहेर उपचार गरेकोमा २१ जना रिफर गरिइएको, १५ जना निको भई घर गएको र २ जनाको उपचार भई रहेको छ भने ५ को मृत्यु भएको पौडेलले बताए ।

सम्बन्धित् समाचार