गुल्मी : गुल्मीमा जीप दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर ६ खैरेनिबाट जोहाङ्ग तर्फ जाँदै गरेको लु२ च ३९६० नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना भएको हो ।
दुर्घटनामा १ जना गम्भीर घाइते र अरु ७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते चालक ३३ वर्षका रण बहादुर गैरे टाउको चोट अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्य सामान्य घाइते ६० वर्षका तुल्सिराम ढकाल , २६ वर्षकी आशा बि क, ७६ वर्षका लोकेन्द्र ढकाल, ७५ वर्षको जगननाथ ढकाल, ६२ वर्षका टोपराज ढकाल, २४ वर्षका राजु भण्डारी ,३ वर्षिय बिजय भण्डारी रहेका छन् । घाईते सबैको प्राथमिक स्वास्थ्यचौकि जोहाङ्गमा उपचारत भईरहको प्रहरीले जनाएको छ ।








