बिकास गौतम असार २६
कपिलवस्तुको बाणगंगा नगरपालीका स्थित नन्दनगरमा रहेको श्री नन्दन बन कैलाश धाम तथा श्री मनकामना सस्कृत गुरुकुलमा लायन्स तथा लियो क्लवहरुले संयुक्त रुपमा बृक्षारोपण गरेका छन् । उनीहरुले क्लवको बार्षिक कार्ययोजना अनुरुप कपिलवस्तुमा बृक्षारोपण गरेका हुन । लायन्स क्लव अफ बुटवल खस्यौली र उत्त क्लवको मातृत्वमा स्थापीत लियो क्लवहरु लियो क्लव अफ बुटवल खस्यौली, लियो क्लव अफ बुटवल खस्यौली युथ, लियो क्लव अफ सैनामैना, लियो क्लव अफ लर्ड बुद्ध र लियो क्लव अफ सिमसारले संयुक्त रुपमा बृक्षारोपण गरेका हुन ।
उनीहरुले आश्रम परिसरमा डिभिजन बन कार्यालय कपिलवस्तुबाट प्राप्त भएका झण्डै ७०० भन्दा बढी विभिन्न प्रजातीको फलफुलका बिरुवाहरु सयंक्त रुपमा बृक्षारोपण गरिएको बृक्षारोपण कार्यक्रमका संयोजक प्रेम प्रकास श्रेष्ठले जानकारी दिए । एतिहासीक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको कपिलवस्तुको नन्दनगरमा संचालीत कैलाश धाम तथा नन्दन बन क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले सो क्षेत्रको बिकास तथा प्रचार प्रसार गर्ने उद्धेश्यले कैलाश बनमा बृक्षारोपण गरिएको लायन्स क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष बिष्णु उपाध्यायले बताए । उनले कैलाश धाममा सचालीत रहेको गुरुकुलमा क्लवको तर्फबाट मुष्टिदान अन्र्तगत खाद्यन्न सामाग्री समेत हस्तान्तरण गरिएको बताए । लायन्स अन्तराष्ट्रियले संचालन गर्दै आएको पाँच बिशेष परियोजना अन्र्तगत हरेक बर्ष लायन्स तथा लियो क्लवहरुले बृक्षारोपणको कार्यक्रम गर्दै आएका छन् । क्लवहरुले बार्षिक रुपमा गर्ने बृक्षारोपण जस्ता कार्यले वातावरण संरक्षणमा टेवा पुगेको लायन्स डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक चिफ एडभाइजर उमङ्ग देवकोटाले बताए । उनले बृक्षारोपण कार्यक्रम अन्र्तगत लायन्स क्लव बुटवल खस्यौली र लियो क्लवहरुले कैलाश धामद्धारा संचालीत श्री मनकामना सस्कृत गुरुकुल्मको बन क्षेत्र भित्र बृक्षारोणबाट रोपीएका बिरुवाहरुको संरक्षणमा गुरुकुल तथा क्लव दुवैले समान उत्तरदायी भुमिका खेल्दै संरक्षणमा पनि जोड दिनु पर्ने बताए । वृक्षरोपणपछि आयोजीत कार्यक्रमा बोल्दै विद्वान स्वामी लोकानन्द महाराजले संस्कृति र प्रकृतिको ंसरक्षणमा सामाजीक संघसस्था र युवाहरुको उपस्थिती महत्वपुण रहेको भन्दै धन्यवाद दिए । उनले कैलाश धामलाई सम्झेर विभिन्न प्रजातीका फलफुलका बिरुवाहरु रोप्दा धार्मिक वनको महत्व झन् बढेको बताउदै धामको तर्फबाट सम्मान पत्रद्धारा क्लवहरुलाई सम्मान समेत गरेका छन् ।
लायन्स बुटवल खस्यौलीका सचिव बिकास गौतमको संचालनमा भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष बाबुराम बोहरा, लियो क्लव अफ सैनामैनाका अध्यक्ष सुमन पौडेल, लगायतले बोल्दै कैलाश आश्रममा रोपिएका विरुवाको संरक्षण हुनेमा विश्वास व्यक्त गरेका छन् । त्यस्तै श्री मनकामना सस्कृत गुरुकुलका योग शिक्षक युवराज बेलबास रोपिएका बनस्पतीको संरक्षण गुरुकुलले गर्ने कुरामा विश्वस्त रहन आग्रह गरेको थिए । वृक्षरोपण कार्यक्रमाको अवसरमा मनकामना सस्कृत गुरुकुलमा अध्ययनरत बटुकहरुले स्वस्ति वाचन गरेका थिए । लायन्स तथा लियोका झण्डै ७० जना भन्दा बढी सदस्यहरुको सहभागीतमा भएको बृक्षारोपणको अवसरमा कार्यक्रमका संयोजक तथा लायन्स बुटवल खस्यौलीका निर्देशक प्रेम प्रकास श्रेष्ठले बृक्षारोपण गरेर जन्मोत्सव पनि मनाए । क्लवले डिभिजन बन कार्यलय कपिलवस्तु बाट प्राप्त भएका आपँ, लिचि, कागती, एभोकाडो लगायतका विभिन्न प्रजातीका झण्डै ७०० भन्दा बढी फलफुलका बिरुवा रोपेका थिए ।








