प्रतिनिधि सभा सदस्य तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवानले सरकारले जनतालाई दुख दिने बाहेक केही गर्न नसकेको बताएका छन । अन्यायमा परेका जनतालाई यस सरकारबाट न्याय पाउने आश मरिसकेको बताउदै नेता कमालले काग्रेसले सजक भई नेपाली जनताको पक्षमा आवाज उठाउनु पर्नेमा उनले जोड दिएका छन । नेपाली काग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले जिल्लाको तौलीहवामा राखेको कार्यक्रममा बोल्दै उनले कम्युनिष्ठले सरकारले जनतालाई सपना मात्र देखाएको बताउदै, बढदो महङ्गी, हत्या हिंसा र बलत्कारका घटनामा सरकारले ध्यान नदिएको समेत उनले बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाह, पार्टी सभापति सुरेन्द्रराज आर्चाय, पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाखर पाण्डे, प्रदेश सभा सदस्य रिना नेपाल, महिला नेतृ सुमित्रा शर्मा, मिना केसि, बाणगंगा मेयर मगंल प्रसाद थारु, बुद्धभुमिका केयर केशव श्रेष्ठ, यशोधरा गाउपालिकाका प्रमुख विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष युवराज केसि लगायतले आआफनो धारणा राखेका थिए । सो अवसरमा नेपाली काग्रेसका जिल्ला नेता सहित करिव ५ सय बढिको सहभागिता रहेको थियो ।
याे पनी पढ्नुहोस्