गृहपृष्ठ Featured वाणगंगा ९ ले गुमायो स्वतन्त्र सेनानी कुवँर , ८६ वर्षको उमेरमा निधन ।।

वाणगंगा ९ ले गुमायो स्वतन्त्र सेनानी कुवँर , ८६ वर्षको उमेरमा निधन ।।

प्रकाशित मिति:

स्वतन्त्र सेनानी संघ कपिलवस्तुका सभापति नन्दबहादुर कुवँरको हिजो ८६ वर्षको उमेरमा निधन भएको छ ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपाकिा वडा नम्बर ९ भर्तापुर निवासी कुवँरको जन्म वि। सं। १९९० पौष २७ गते काठमाडौमा भएको थियो । १९९० मा नेपालमा गएको महा भुकम्का बेला उहाँको जन्म भएको पारिवारीक स्रोतले जनाएको छ ।

बुवा खगनाथ कुवँर र आमा निमादेवी कुवँरको कोखबाट जन्म लिनुभएका कुवँर युवा अवस्था देखिनै सामाजिक राष्ट्रिय हितका लागि आफ्नो जीवन समर्पण गर्नुभएको थियो ।

अर्घाखाँची जिल्लाको अडगुरीमा आफ्नो वाल्यकाल विताउनुभएका कुवँर २००७ साल मा राणाहरुको विरोधमा चिठिपत्र बोकी भारतको कलकत्ताबाट विरोध सुरु गर्नुभएको थियो ।

त्यस्तै उहाँ वि।सं। २०१५ साल पछि पञ्चायतमा देश निकाला भई प्रवासी जिवन पनि बिताउनुभएको थियो ।

नेपाली राजनितिका प्रजातान्त्रिक नेताहरु वि पि कोईराला, सुर्वण शम्सेर र गणेशमान लगाएतका कागं्रेस नेतृत्वहरुको नजिक रहेर नेपाली कागं्रेसको राजनितिमा सक्रियताका साथ लाग्नु भएको थियो । स्वर्गिय कुवँरले तत्कालिन समयमा नेपालमा विद्यालय शिक्षाको सवालमा पनि उल्लेख्य योगदान पु¥याउनुभएको सामाजिक अगुवाहरुले बताएका छन् । उहाँले अर्घा, खाँची, बाग्लुङ, पाल्पा लगाएतका जिल्लामा रहि कमान्डर भई काम समेत गर्नुभएको थियो । २०२५ सालमा नेपाल फर्किएर भुमिग रुपमा प्रजातन्त्रको लागि समेत काम गरेको उल्लेख गरिन्छ ।
त्यस पछिको जिवन शिक्षा क्षेत्र मा समर्पण गर्नुभएका नन्दबाहादुर कुवँरले कपिलवस्तु जिल्लाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएको छ । जिल्लाको गंगाज्योति मावि पथ्थरकोटबाट विद्यालय खोल्ने काममा लाग्नुभएका उहाँ जिनुवा स्थित शुद्धोधन जन जीवन मावि, भर्तापुर प्रावि, बर्दहवा आधारभूत विद्यालय, र चेत्रादेहि विद्यालय खोल्ने काममा पनि अग्रहणी भुमिका खेल्नुभएको थियो ।
त्यस्तै उहाँँले २०७१ सालमा तत्कालिन प्रधानमन्त्री शुशिल कोईरालाबाट प्रजातान्त्रीक सेनाँनीको उपाधिले पनि सम्मानित हुनुभएको थियो । त्यस्तै २०६५ सालदेखि स्वतन्त्र सेनानी संघ कपिलवस्तुको सभापति भई काम समेत गर्दै आउनुभएको थियो । उहाँले तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसााद भटराईका पालामा पनि प्रजातान्त्रिक आन्दोलनका लागि काम गर्नूभएको थियो ।

सम्बन्धित् समाचार