केडिया ग्रुपले सञ्चालन गरेको वृज सिमेन्ट इण्डष्ट्रिज कम्पनीले कपिलवस्तुका विभिन्न पक्षसँग अन्तरक्रिया गरेको छ । कम्पनीले, निर्माण व्यवसायी र हार्डवेयर व्यवसायीहरूसँग अन्तरक्रिया गरेको हो । बुधवार बाणगंगा नगरपालिका १ वैरिया स्थित मायाँदेवी रिर्सोटमा संचालित अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रदेश संसद विष्णु पन्थीले सिमेन्टमा गुणस्तरियता कायम राख्न सके मात्र सिमेन्टको बजार राम्रो हुने बताउनुभयो ।
उहाँले देश समृद्ध बनाउनका व्यवसायी र सरकार पक्ष एक जुट हुनेपर्ने धारणा राख्नुभयो । नेपाललाई सिमेन्टमा आत्मनिर्भर बनाउनका लागि व्यवसायीको महत्वपुर्ण योगदान रहेको बताउनु भयो । यस्तै बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले गुुणस्तरीय सिमेन्ट मात्र ग्राहकलाइ प्रयोग गर्न आग्रह गर्दै उद्योगलाई सिमेन्टको गुणस्तरमा कुनैपनी सम्झौता नगर्न ध्यान जानु पर्ने वताउनु भयो । फरक प्रसंगमा आफु पनी पहिला व्यवसायि हुदा वृज सिमेन्ट निकै धेरै विक्री गरेको र सिमेन्टमा कुनै खराबी नरहेको दावी गर्दै ,सधै यस्तै गुणस्तरिय सिमेन्ट उत्पादन हुने वताउनु भयो ।
वृज सिमेन्ट इण्डष्ट्रिजका ईन्जिनियर अजय यादवले परिमाण र गुणस्तरमा सन्तुलन कायम गरेर कम्पनीले सिमेन्ट बजारमा ल्याएको बताउनुभएको छ । उहाँले निर्माणमा सिमेन्ट, बालुवा, गिट्टी, डन्डी र इँट्टा अपरिवर्तनीय हुने बताउँदै पाँच अपरिवर्तनीय चार वटा वस्तुसँग सिमेन्ट सम्बन्ध रहने यादवले जनकारी दिनुभयो । कम्पनीका बजार व्यवस्थाक सुरेश जैशवालले समग्र देश विकासमा अनवरत रुपमा सहयोग गर्न तयार रहेको बताउनुभयो । साथै कार्यक्रममा निर्माण व्यवसायीलाई पास बुक समेत वितरण गरिएको थियो । पास बुक वितरण पश्चात कम्पनीका सेल्स/मार्केटिङ्ग म्यानेजर नुमेन्द्र पौडेलले नेपालमै पहिलो पटक श्रमिकका हक हितमा वृज सिमेन्टले यस्ता योजना हरु ल्याएको जानकारी दिदै पासबुकले श्रमिकहरुको विमा समेत हुन बताईएको बताउनु भयो । सिमेन्ट प्रयोग गरेको आधारमा उनिहरुलाई बोनस समेत दिईने जानकारी दिनुभयो ।
वृज सिमेन्ट इण्डष्ट्रिज कम्पनीलले ओपीसी, पिपीस र पिएससी सिमेन्ट उत्पादन गर्दै आएको छ ।वृज सिमेन्टका सेल्स म्यानेजर नुमेन्द्र पौडेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण श्रमिक संघ कपिलवस्तु अध्यक्ष यस क्षेत्रका सफल युवा व्यवसायि गिरिराज कंडेल,हाडवेर्यर व्यवसायि,संचारकमी,श्रमिक लगाएतका लगाएतका सयौ उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।