गृहपृष्ठ खबर मलखादको सहज आपुर्तीको माग गदैै कपिलवस्तुमा काग्रेसद्धारा ज्ञापन पत्र

मलखादको सहज आपुर्तीको माग गदैै कपिलवस्तुमा काग्रेसद्धारा ज्ञापन पत्र

प्रकाशित मिति:

कृषि मन्त्रीको गृह जिल्ला कपिलवस्तु भएपनि खेती गर्ने समयमा मलखाद किसानहरुले पाउन नसकेको भन्दै नेपाली कागे्रंस कपिलवस्तुले मलखादको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

जिल्लामा मलको वितरण गर्ने निकाय कृषि साम्रगी कम्पनी लिमिटेडलाई पटक पटक किसानहरुको माग बमोजिम मलखादको वितरण गर्न आग्रह गर्दा समेत लिमिटेडले मागको सुनुवाई नगरेको कारण प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । जिल्ला सचिव महेन्द्र कुमार पाठक द्धारा पेश गरिएको विज्ञप्तीमा तत्काल हिउदे खेतीको लागी आवश्यक पर्ने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलहरु जिललाको किसानहरुको माग अनुसार वितरणको व्यवस्था मिलाउन माग गरिएको छ ।

तत्काल मलखादको व्यवस्थान नगरे पार्टीको तर्फबाट आन्दोलन गर्ने समेत पाठकले बताए । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ । सो अवसरमा जिल्ला समन्यव समितिका प्रमुख नारायण खनाल, पार्टीका कोषाध्यक्ष शोहरत तेली,जिल्ला सदस्य माधव पराजुली, चर्तुभुजमणी त्रिपाठी, परमेश्वर पाठक, अनुप पाण्डेय, सोमनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार