गृहपृष्ठ प्रदेश नं ५ सुनवल सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा पुन : उमानाथ पोखरेल

सुनवल सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा पुन : उमानाथ पोखरेल

प्रकाशित मिति:

उर्मिला यादव सुनवल
मंसिर ६
सुनवल सामुदायिक सिकाइ केन्द्रको दोस्रो अधिवेशनले  पुनः उमानाथ पोखरेलको अध्यक्षतामा ११  सदस्यिय कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा संजय कुमार श्रेष्ठ , सचिवमा लिलाशर्मा पंगेनी , चयन हुनु भएको छ भने सदस्यमा उमाकान्त उपाध्याय, मुरली गौतम ,  मन्नु नाउ सर्वसम्मत चयन हुनु भएको छ । यस्तै गरी १ जना महिला र  ४ जना पदेन सदस्य रहने गरी नगर शिक्षा प्रमुख एक जना , वडाध्यक्ष १ जना , महाकबि देवकोटा  माबिका प्रध्यानाध्यापक एक जना , परीचालिका एक जना रहने गरी  ११ जना कार्य सदस्यिय समिती चयन गरीएको हो

सुनवल सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष  उमानाथ पोखरेलको अध्यक्षता तथा सुनवल नगरपालिका नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीको प्रमुख आथित्यतामा अधिबेशन सम्पन्न भएको हो । कार्यक्रममा सुनवल नगरपालिका नगरशिक्षा प्रमुख बिष्णु प्रसाद गोतामे , जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेल , प्रध्यापक हुमाकान्त पाण्डे , महाकबि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने , नेपाल कम्युनिष्ठ पार्टि नेकपाका  नगर सचिव बिरबहादुर बिश्वकर्मा ,  डाक्टर श्याम न्यौपाने ,  सह प्रध्यापक  थिरलाल न्यौपाने  सुनवल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष  बिन प्रसाद बुढाथोकी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सुनवल सामुदायिक सिकाइ केन्द्रकी सचिव  तथा कार्यपालिका सदस्य  शान्ता भण्डारीले संचालन गर्नु भएको कार्यक्रममा सुनवल सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष पोखरेलले गत आर्थिक बर्षको आय ब्यय तथा  प्रगति बिवरण र आगामी बर्षको लक्षित कार्ययोजनाको  प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियो ।

सुनवल नगरपालिका वडा नम्बर १ सोमनाथमा सम्पन्न भएको कार्यक्रममा लगातार तीन बर्ष सम्म गृहणी कक्षामा सरिक भएका २५ जना आमाहरुलाइ  कक्षा पाच सरहको शैक्षिक प्रमाण पत्र समेत बितरण गरीएको अध्यक्ष पोखरेलले जानकारी दिनु भएको छ ।

सम्बन्धित् समाचार