गृहपृष्ठ खबर वनभोज हिडेको बस पल्टिदा १३ जना घाइते

वनभोज हिडेको बस पल्टिदा १३ जना घाइते

प्रकाशित मिति:

झापा, मङ्सिर २१ । पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।


झापाको दमकबाट बनभोजका लागि इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्वरको वस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार