गृहपृष्ठ खबर राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान

राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ तथा रानीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४८ बमोजिम मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर तथा महानगरपालिकाका प्रमखु र उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउने छन् । राष्ट्रियसभाको उम्मेदवार बन्न अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको र संविधानले तोके बमोजिम योग्यता भएको नेपाली नागरिक हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । यसअघि दर्ता भएका वा नभएका दलहरुले निर्वाचनमा भाग लिन चाहेको अवस्थामा आवश्यक कागजातसहित आयोगमा निवदेन दिन उनले आग्रह गरे ।

राष्ट्रियसभाका एक तिहाइको सदस्य अर्थात १८ सिटका लागि निर्वाचन हुँदैछ । एकजना सदस्यलाई राष्ट्रपतिले मनोनयन गर्नेछिन् । पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९ (एक राष्ट्रपतिबाट मनोनित समेत), नेपाली कांग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २ र समाजवादी पार्टीका १ एकजनाको २ वर्षे कार्यकाल फागुन २० मा सकिँदै छ ।

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन ३५ दिन बाँकी रहँदा निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन दार्ता हुने पुराना दलहरुले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

सम्बन्धित् समाचार